देशभर चिसो बढ्यो, यी क्षेत्रमा वर्षाको सम्भावना

mausama
लाेकपाटी न्यूज

काठमाडौं। पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढेको छ। तुलानात्मक रुपमा यो वर्ष छिटो जाडो सुरु भएको र हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, जुम्लालगायतका क्षेत्रमा हिमपात भएको छ भने केहि स्थानमा हल्का वर्षासमेत भएको छ। वर्षा र हिमपातका कारण चिसो थप बढेको महाशाखाका मौसमविद्हरुले बताएका छन्।

प्रदेश १ र सुदुरपश्चिम प्रदेशका केहि स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हाल सुदुर पश्चिमको पहाडि भू-भागमा आंशिक बदली रहेको छ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज देशका पहाडी भूभागको मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशको भूभाग तथा बाँकी पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने मौसमविदले जानकारी दिएका छन्।

यस्तो हुनेछ तीन दिनको मौसम

मंसिर ०३ गते (बुधबार): दिउँसो  प्रदेश नं १ र सुदुर पश्चिम प्रदेशको भू-भाग, बाँकि पहाडी भू-भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ। राति  प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।

मंसिर ०४ गते (बिहिबार): दिउँसो  देशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ। राति  प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु(भागमा मौसम सामान्यतया सफा रहनेछ।

मंसिर ०५ गते (शुक्रबार) : दिउँसो  प्रदेश नं १ र सुदुर पश्चिमको पहडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ। राति  प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्