देश र जनता भन्दा नेता ठूलो, पार्टीभन्दा गुट ठूलो ठान्ने प्रवृत्ति सच्याउनुपर्छ : गोकर्ण विष्ट

Gokarna Bista
लाेकपाटी न्यूज

काठमाडौं, १७ कार्तिक। पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले देश र जनता भन्दा नेता ठूलो, पार्टी भन्दा गुट ठूलो ठान्ने प्रवृत्तिलाई सच्याउनु पर्नेमा जोड दिएका छन्।

सोमबार फेसबुकमा स्टाटस लेख्दै नेकपाका नेता विष्टले देश र जनता भन्दा नेता ठूलो, पार्टी भन्दा गुट ठूलो ठान्ने प्रवृत्तिलाई सच्चाएर मात्रै आन्दोलनलाई थप सशक्त र एकताबद्ध बनाउन सकिने बताएका हुन्।

सामाजिक सञ्जाल फेसबूकमा विष्टले स्टेटस लेख्दै भनेका छन्, ‘देश र जनताभन्दा नेता ठूलो, पार्टीभन्दा गुट ठूलो ठान्ने प्रवृत्तिलाई सच्याएर मात्रै आन्दोलनलाई थप सशक्त र एकताबद्ध बनाउन सकिने छ ।’

फेरि एकपल्ट नेकपा विवाद उत्कर्षमा पुगेको छ। अध्यक्षद्वय ओली–प्रचण्डबीच पार्टी फुटाउनेसम्मको छलफल भएको सार्वजनिक भएको छ। मन्त्रिपरिषद् पुनर्गठन, राजदूत सिफारिस, कर्णाली विवाद र पर्सा हत्याकाण्डमा ओलीले एकलौटी गर्न खोजेको निष्कर्षसहित प्रचण्डले बालुवाटार पुगेर गुनासो राखेका थिए।

पार्टी एकताको भाव अनुसार मिलेर पार्टी र सरकार चलाउनुपर्ने प्रचण्डको प्रस्ताव सुनेपछि ओलीले सँगै मिलेर जान नसकिने जवाफ दिएको गुनासो प्रचण्डले नेताहरूसँग राखेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्