धानको बीउ कसरी उत्पादन गरिन्छ ?

rice_final
संकल्प न्यौपाने

१. जग्गाको छनोट: जग्गा, बीउ उत्पादन गर्ने सहकारीसँग सहकार्य गरेर छनोट गर्ने गरिन्छ। बीउ उत्पादन गर्ने जग्गा अरु उत्पादन भइरहेको जग्गा भन्दा कम्तिमा पनि ५ मिटरको दूरीमा हुन पर्दछ। नेपाल सरकारको मापदण्ड अनुसार बीउ उत्पादनको लागि ३० रोपनी जग्गा आवस्यक रहन्छ। जग्गामा सिन्चाइको पर्याप्त ब्यवस्था गरिन्छ।

२.जातको छनोटः जिल्ला कृषि बिकास कार्यलयको सहकार्यमा जातको छनोट गर्न सकिन्छ। तल केही जातका नाम, उत्पादन, समय र उचित ठाउ को बारेमा तालिकामा प्रस्तुत गरिएको छ।

dhan

फाउन्डेसन बिउ जिल्ला कृषी बिकाश कार्यलयको सहकार्यमा भरपर्दो ठाउबाट किन्न सकिन्छ। त्यसमा लागिएको ट्यागको आधारमा बीउ राम्रो छ कि नराम्रो समेत छुट्ट्याउन सकिन्छ।

३. बिउ छान्ने (वर्गीकरणको) तरिका : २ केजि नुन १० लिटर पानीमा घोल्ने। त्यसपछि एउटा अन्डालाइ पानीमा हल्ने र आधा नडुबे सम्म नुन थप्ने। त्यस्पछी त्यो पानीमा बीउ हाल्ने। उत्रिएका बिउ झिकेर फाल्ने। बाकी रहेका बीउलाई झिक्ने र ३(४ पटक सफा पानीले धुने अनि सुकाउने।

४. उम्रने क्षमता पत्ता लगाउने बिधि

२४ घण्टासम्म धानलाइ भिजाउने अनि बालुवा भएको कार्टुनमा लाइन बनाएर छर्ने। त्यसपछि हरेक दिन पानी छम्कने। त्यो बीउ ले ८ दिनमा आफ्नो उम्रने क्षमता देखाउछ। यसरी आवश्यक बीउ समेत पत्ता लगाउन सकिन्छ।

.. ब्याड बनाउनु पूर्वको उपचार

क) तातो पानीमा

बीउ छर्नु ४ घण्टा अघि ६०° को पानीमा करिब १० मिनेट डुबाइन्छ र झिकेर छायामा सुकाइन्छ।

) फङ्गिसाइडमा

१० के जि बीउ लाई २०-३० ग्राम बेभिस्टिन सहितको २० लिटर पानीमा उपचार गरिन्छ।

६. नर्सरी (ब्याडको तयारी)

जेष्ठको दोश्रो हप्तामा नर्सरी बनाइन्छ। Dry र wet गरेर दुई प्रकारका नर्सरी बनाउन सकिन्छ। Dry सिन्चाइ कम भएको ठाउम बनाउन सकिन्छ। १०-१५ सेमि अग्लो बनाएर बीउ छरेपछी माथी बाट माटोले बिउलाइ ढाकिन्छ। ध्भत ब्याडमा अघिल्लो दिन खनजोत गरेर हिलाए पछि दोश्रो दिन बीउ छरिन्छ।

७. जमिनको तयारी

सुरुमा सबै झार उखालिन्छ र ५०-६० डोको प्रती रोपनी पाकेको मल राखेर खन जोत गरिन्छ। यसको उदेश्य माटो र मलको उचित मिश्रण हो। दोश्रो पटक धान सार्नु अघि गरिन्छ।

८. मलको मात्रा

कम्पोस्ट ५०-६० प्रती रोपनी पहिलो खनजोत गर्दा राखिन्छ। त्यस्तै युरिया तीन पटक २.५ के जि सुरुमा १.२५ के जि पहिलो पटक गोडमेल गर्दा र १.२५ केजि दोश्रो पटक गोडमेल गर्दा प्रयोग गरिन्छ। त्यस्तै म्ब्ए ३.१२ केजि दोश्रो पटक खनजोत गर्दा र पोटास पनि दोस्रोपटक खनजोत गर्दा २.५ के जि प्रयोग गरिन्छ। (माथिका सबै मात्रा प्रती रोपनीमा प्रयोग गर्दाको अबस्थामा हुन)

९. धान सार्ने प्रकृया

बिरुवा ब्याडबाट उखाल्नु १ दिन अघि ब्याडमा पानी लगाइन्छ। धानको बिरुवा सार्दा २-३ बिरुवा एकै ठाउमा २-३ सेमि गहिरो बनाएर सार्नु पर्दछ। बिरुवा र बिरुवा बिचको दूरी १५ सेमि र लाइन र लाइन बिचको दूरी २० सेमिको बनाइएको हुन्छ।

१०. सिँचाइ

धान रोपेको १ महिना सम्म ३-५ सेमि पानीको सतह खेतमा बनाइन्छ। पानी धान पोटाउने बेलामा अत्यावश्यक हुन्छ। धान पाक्ने बेलामा खेतमा पानी राखिदैन। ५-७ दिनको फरकमा २-३ दिन सम्म खेत सुख्खा राख्नाले उत्पादन बढाउछ।

११. गोडमेल

धान सारेको २५-३० दिनमा पहिलो पटक गोडमेल गरिन्छ। त्यसपछी १५-२० दिनपछि गोडमेल गरिन्छ।

१२. खेतको निरीक्षण

क) पहिलो पटकः ब्याडमा बीउ छरेको २०-३० दिनमा गरिन्छ। रोगी बिरुवाहरुलाइ उखालिन्छ।

ख) दोश्रो पटकः धान रोपेको २५-३० दिनमा गरिन्छ। यसमा उहीँ उचाइका बाहेक होचा र अग्ला बिरुवा उखालिन्छ।

ग) तेस्रो पटकः धान रोपेको ५५-६० दिनमा (बाला निस्केको बेलामा) गरिन्छ। छिटो र ढिलो बाला निस्केका बिरुवाहरुलाइ उखालिन्छ।

घ) चौथो पटकः धान सारेको ७०-७५ दिनमा गरिन्छ। उहीँ आकार र रङ्गका बाहेक अरु बिरुवा उखालिन्छ।

ङ) पाचौ पटकः बालामा दूध लागेको बेला (धान सारेको ३ महिनामा) गरिन्छ। रङ र आकार फरक भएका बालाका धानलाइ हटाइन्छ।

च) छैठौं पटकः धान थन्काउने बेलामा (धान रोपेको ४ महिनामा) गरिन्छ। फरक खाले दाना (आकारमा वा रङ्गमा) लाई हटाइन्छ। थोरै र साना दाना भएका बाला पनि हटाइन्छ।

१३. बाली थन्काउने समय र प्रकृया : बाला र गेडा ८०-९०५ पहेलो भएपछी धान थन्काइन्छ। बिशेष गरि धानको बीउ सुख्खा दिनमा थन्काइन्छ। चिसो दिनमा बीउ उम्रने वा कुहिने हुन सक्छ। ढलेको बिरुवाको फलको उत्पादन कम हुने हुँदा बीउको रुपमा प्रयोग गर्न सकिदैन। धानको बोटलाइ १०-१५ सेमि जमिनमा छोडेर काटिन्छ र २-३ दिन घाममा सुकाइन्छ। त्यसपछी झाटेर वा थ्रेसरको माध्यमबाट धान बोटबाट छुटाइन्छ।

१४. भण्डारणः

क) बीउ सफा गर्ने

नाङ्लोले फन्काएर फोहोरहरुलाइ धानबाट छुट्टीएर घाममा सुकाइन्छ। करिब १३५ चिस्यान पुगेपछी यसलाइ भण्डारण गरिन्छ। अत्याधिक चिसो वा गर्मी भएको ठाउमा भण्डारण गर्दा बीउ बिग्रन्छ। रोगबाट बचाउन १०००केजि बीउमा ३ चक्की ३ ग्रामका मिथाइल ब्रोमाइड वा आल्मुनियम फस्फेट राखिन्छ। घुन बाट बचाउनको लागि सेल्फास ट्याब्लेट कपासको कपडामा बेरेर १०० केजि बीउको लागि प्रयोग गरिन्छ।

ख) प्याक गर्ने तरिका

हवा नछिर्ने प्लास्टिकका झोलामा बिशेषत प्याक गरिन्छ। त्यसपछि धानको बीउमा राखेको झोलामा बीउको नाम, जात, उत्पादित मिति, तौल आदि सहितको ट्याग टासिन्छ र बजारमा बेच्नको लागि बीउ अब तयार हुन्छ।

लेखक कृषि र पशु अध्ययन संस्थान लमजुङ क्याम्पसमा अध्ययनरत छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्