धुम्बाराहीमा बसेको नेकपाको बैठक सकियो, के-के भए निर्णय ?

Nekapa
  • 4
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। धुम्बाराहीमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक सकिएको छ। नेकपाका सचिवालयका बहुमत सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुईदिन कुर्ने निर्णय गरेका छन्।

बहुमत सदस्यहरुको मंगलबार बसेको अनौपचारिक बैठकले २७ गते ओलीसहितको बैठक बस्ने निर्णय गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

धुम्बाराहीमा बहुमत सदस्यहरुको बैठक बस्नु अगाडि आजै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छलफल गरेका थिए। उक्त छलफलमा २७ गते बैठक बोलाउन सहमति दिन आग्रह गर्दा ओलीले सहमति नदिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई बैठकमा आउन आग्रह गरिएको जानकारी दिँदै सहभागि हुन जसरी पनि सहमत हुनुपर्ने बताए।

यसअघि शनिबार सचिवालयका ५ सदस्य अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीलाई पत्र बुझाएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्