निजी विद्यालयहरुकाे शुल्क आतंक बन्द हुनुपर्छ : सहसंयाेजक तामाङ

Ranjit Tamang
  • 91
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय परीक्षा वोर्डले कक्षा १२ को परीक्षा तालिका प्रकाशित गरे लगत्तै कतिपय निजी उच्च माध्यमिक विद्यालय संचालकहरुले मच्चाउन थालेको शुल्क आतंकप्रति अनेरास्ववियूले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सामान्य अवस्थामा गत वैशाखमै हुनुपर्ने उक्त परीक्षा कोभिड-१९ को महामारीको कारण लम्मिदै गएको थियो। कोभिड-१९ का कारण झण्डै ९ महिनादेखि नियमित पाठनपाठन हुन सकेको छैन।

विद्यार्थीहरु स्वअध्ययन गरी परिक्षा दिने तयारीमा जुटेका छन्। पठनपाठन नभएको अवस्थामा निजि उच्च माध्यामिक विद्यालय सञ्चालकहरुले विभिन्न बहाना बनाउँदै सुल्क लिन थालेपछि अनेरास्ववियुले यस्तो गतिविधि रोक्न दवाब दिएको हो।

कतिपय विद्यालयहरुले शुल्कको नाममा ब्ल्याकमेलिङ् गरेर विद्यार्थीहरुलाई प्रवेश पत्र अड्काएका गुनासा समेत आइरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। संगठनका सहसंयोजक रञ्जित तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

साथै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका निर्दोष विद्यार्थीलाई गिरफ्तार गरिएको घटनाको घोर निन्दा र भर्त्सना गर्दछौं विज्ञप्तिमा उल्लेख छ। विद्यार्थीलाई लगाइएका झुटा मुद्दा खारेज गर्न,गिरफ्तार विद्यार्थीलाई तत्काल रिहा गर्न र अवाञ्छित रुपमा वढाइएको सम्पुर्ण शुल्क खारेज गर्न संगठनले सम्वन्धित निकायलाई सुझाएको छ।

कतिपय विद्यालयहरुले शुल्कको नाममा ब्ल्याकमेलिङ् गरेर विद्यार्थीहरुलाई प्रवेश पत्र अड्काएका गुनासाहरु समेत आइरहेकाे प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएकाे छ। संगठनका सहसंयाेजक रञ्जित तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ।
साथै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका निर्दोष विद्यार्थीलाई गिरफ्तार गरिएको घटनाको घोर निन्दा र भर्त्सना गर्दछौं विज्ञप्तिमा उल्लेख छ। विद्यार्थीलाई लगाइएका झुटा मुद्दा खारेज गर्न,गिरफ्तार विद्यार्थीलाई तत्काल रिहा गर्न र अवाञ्छित रुपमा वढाइएको सम्पुर्ण शुल्क खारेज गर्न संगठनले संबन्धित निकायलाई सुझाएकाे छ।

 

127186912_1036168090220992_8866175349645139704_n

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्