नेकपाभित्रको विवाद उत्कर्षमा : गुटगत भेला बढ्यो

cpn-nekapa
लाेकपाटी न्यूज

काठमाडौं, १६ कात्तिक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ।विवाद उत्कर्षमा पुगेपछि गुटगत भेलाले तीब्रता पाएको छ।

नेकपाभित्र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका कामकारबाहीलाई लिएर प्रचण्ड-नेपाल समूह ओलीलाई जसरी पनि गलाउने दाउमा देखिएको छ भने ओलीपक्षका नेताहरु पनि आफ्नो पक्षमा बहुमत जुटाउने कसरतमा रहेका छन्।

कर्णाली प्रदेशको प्रकरणपछि नेकपा विवाद चरमोत्कर्षमा पुगेको र एकता नै सङ्कटमा परेको नेकपाका नेताहरूले जनाएका हुन्।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ओलीनिकट प्रदेशका मन्त्री नन्दसिंह बुढा र दल रावललाई मन्त्रीबाटै हटाउने तयारी गर्दै माधव नेपाल पक्षसँग तारन्तार छलफल गरिरहेका थिए।

आइतबार बिहान खुमलटारमा बसेको अध्यक्ष प्रचण्ड, झलनाथ खनाल, माधव नेपालसहित नेताहरूको गोप्य बैठकले मुख्यमन्त्री शाहीलाई मन्त्रीपरिषद् पुनर्गठन प्रक्रियालाई हालका लागि अघि नबढाउन निर्देशन दिएको हो।

आफूनिकट मन्त्री हटाउने तयारी बुझेपछि बालुवाटारमा भएको ओलीपक्षका नेताको छलफलबाट ओलीले जुनसुकै कदम चाल्ने खतरा औल्याउँदै स्वयम् प्रचण्ड–नेपाल पक्षले कर्णाली प्रदेशको मन्त्रीपरिषद् पुनर्गठन रोक्न निर्देशन दिएको प्रदेशस्तरका नेताहरुले बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्