राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबिच भेट

pic
  • 20
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्।

नेकपाको विवाद उत्कर्षमा पुगेका बेला मंगलबार साँझ अध्यक्ष प्रचण्ड शितल निवास पुगेर राष्ट्रपति भण्डारीलाई भेटेका हुन्।राष्ट्रपतिको सचिवालय स्रोतले मंगलबार साँझ राष्ट्रपतिलाई भेटेर दाहाल फर्किएको जनाएको छ।

राष्ट्रपतिको सचिवालय स्रोतका अनुसार राष्ट्रपति भण्डारीले दुई अध्यक्ष मिल्न प्रचण्डलाई सुझाव दिएकी छन्। कात्तिक २८ को सचिवालय बैठकमा अध्यक्ष प्रचण्डको तर्फबाट राजनीतिक प्रस्ताव पेस भएपछि अर्को दिन प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले पनि राष्ट्रपतिलाई भेटेका थिए।

नेकपामा विवाद बढेसँग राष्ट्रपतिको सक्रियता पनि बढेको छ। यसअघि पनि विवाद हुँदा राष्ट्रपति भण्डारीले दुई अध्यक्ष मिलाउन भूमिका खेल्दै आएकी थिइन् । उनले केही दिनअघि उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटार बोलाएर पार्टी एकता बचाउन भूमिका खेल्न आग्रहसमेत गरेकी थिइन्।

पछिल्लो सचिवालय बैठकमा प्रचण्डले ओलीमाथि संगीन आरोप लगाउँदै प्रस्ताव पेश गरेपछि नेकपामा एक खालको तरंग पैदा भएको छ।नेताहरुबीच आरोप प्रत्यारोपबीच प्रधानमन्त्री ओली बुधवार दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक सार्नुपर्ने पक्षमा छन्। प्रचण्ड नेपालसहितका बहुमत सचिवालय सदस्यहरु भने जसरी पनि बैठक राख्ने पक्षमा छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्