नेकपा नेता चौरसिया हत्याका मुख्य आरोपी पक्राउ

pic
लाेकपाटी न्यूज

वीरगन्ज। विन्दवासिनी गाउँपालिका नेकपा पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्यारामा संलग्न मुख्य आरोपी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही गाउँपालिका-३ का ३८ वर्षीय अखिलेशप्रसाद भनिने अशेसरप्रसाद चौरसिया रहेका छन्।

प्रहरीले आइतबार वीरगन्ज-२५ स्थित अलौ सिर्सियाबाट पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले बताइन्। सो घटनामा मुख्य तीन आरोपीमध्ये दुई जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्