नेकपा नेता बडाललाई कोरोना संक्रमण

Keshab Badal01
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री केशव बडाललाई कोरोना पोजिटिभ देखिएको छ।

नेकपाका केन्द्रीय सल्लाहकार समिति अध्यक्ष समेत रहेका बडालको शुक्रबार बिहान आएको पीसीआर परीक्षण रिपोर्टमा पोजेटिभ देखिएको हो।

बडाल पत्नी शान्तिको मंगलबार पोजेटिभ रिपोर्ट आएपछि नेता बडालको बिहीबार पीसीआर परीक्षणका लागि स्वाव दिइएकोमा शुक्रबार बिहान रिपोर्ट पोजेटिभ आएको नेता बडालले जानकारी दिए।

संक्रमणपछि शान्ति बडालको गंगालाल हृदयरोग केन्द्रमा उपचार भइरहेको छ भने केशव बडाल घरमै आइसोलेशनमा रहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्