नेकपा नेता भट्टराईको कोरोना संक्रमणबाट मृत्यु

kundan-bhattrai
लाेकपाटी न्यूज

झापा। नेकपाका नेता एवं झापाको तत्कालीन अर्जुनधारा गाविसका अध्यक्ष कुन्दन भट्टराईको कोरोना संक्रमणबाट मृत्यु भएको छ। काठमाडौंमा उपचाररत अर्जुनधारा ५ निवासी ६२ वर्षीय भट्टराईको शुक्रबार बेलुका साढे सात बजेतिर मृत्यु भएको हो। उनी राजधानीको भैँसेपाटीस्थित मेडिसिटी हस्पिटलमा उपचाररत थिए।

फोक्सोमा क्यान्सर भएका उनलाई कात्तिक २३ गते काठमाडौँमा लगेर पीसीआर परीक्षण गराउँदा कोरोना पोजिटिभको रिपोर्ट आएको अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरि रानाले बताए। केही दिनदेखि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

भट्टराई २०५१ सालमा गुठी संस्थानको महाप्रबन्धक भएका थिए। त्यस्तै २०५४ सालको निर्वाचनमा उनी तत्कालिन अर्जुनधारा गाविसको अध्यक्ष निर्वाचित भएका थिए। त्यसपछि उनी जिविस झापाको संयन्त्र सदस्य पनि भएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्