नेकपा विमानका पाइलटले देशलाई दुर्घटनामा पार्नसक्ने खतरा छः डिला संग्रौला

Dila_sangraula
लोकपाटी न्यूज

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद डिला संग्रौलाले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले लोकतान्त्रिक प्रणालीलाई धरापमा पार्न थालेको टिप्पणी गरेकी छन्। सुखी र समृद्धि नेपाल निर्माणका लागि जनताले जाहेर गरेको व्यापक अभिमतलाई नेकपाले सदुपयोग गर्न नसकेको संग्रौलाको टिप्पणी छ।

नेकपाको आन्तरिक किचलोले पार्टीलाई मात्र नभएर देशलाई दुर्घटनामा पार्ने जोखिम देखिएको उनको भनाई छ। सामाजिक सञ्जाल मार्फत संग्रौलाले सुखी र समृद्धि नेपालको सपना बाँड्दै हिँडेको कम्युनिस्ट सरकारलाई नौटंकी सरकारको संज्ञा पनि दिएकी छन्।

उनले लेखेकी छन्, ‘नेकपा विमानका द्वय पाइलट ओली र दाहालको सत्ता स्वार्थको आन्तरिक किचलोले पार्टीको दुर्घटना मात्र हैन कि जनताको व्यापक अभिमत र लोकतान्त्रिक प्रणालीलाई नै धरापमा पार्दै सुखी र समृद्धि नेपालको सपना बाँड्दै हिँडेको नौटंकी कम्युनिस्ट सरकार अन्ततोगत्वा दुखित नेपाल परिणत गर्न उद्धत भएको छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्