नेकपा सचिवालय बैठक आज

sachiwalaye
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। पूर्वनिर्धारित सहमतिअनुसार बैठक आज बुधबार बस्न लागेको हो।

यद्यपि यस अवधिमा विविध राजनीतिक प्रतिक्रिया आएकाले बैठक नबस्ने सम्भावना पनि त्यत्तिकै रहेको राजनीतिक वृत्तमा चर्चा रहेको छ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आजको बैठक सार्न खोजेको बुझिएको छ भने प्रचण्ड बैठक गर्ने पक्षमा रहेका छन्।

सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई हिजो भेट्न शीतल निवास गएका थिए।नेकपाका अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई भेटेको बाहिरिएको केही घण्टामै ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन्।