नेकपा सचिवालय बैठक बालुवाटारमा सुरू

nekapa sachibalaya
लोकपाटी न्यूज

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरू भएको छ। शुक्रबार अपरान्ह ४ बजेपछि बैठक सुरू भएको हो।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल बामदेव गौतम, विष्णु पौडेल, इश्वर पोखरेल, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ सहभागि छन्। दुवै अध्यक्षको सहमतिमा महासचिव विष्णु पौडेलले बैठक बोलाएपछि नेकपाको सचिवालय बैठक आजका लागि तय भएको हो।

नेकपा अध्यक्ष अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाउन आग्रह गरे पनि अर्का अध्यक्ष केपी शर्मा ओलीले भने बैठक टार्दै आइरहेका थिए। कात्तिक २२ गते नेकपाका कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डसहित सचिवालयका शीर्ष पाँच नेताले सचिवालय बैठक बोलाउन पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई लिखित पत्र नै बुझाएका थिए।

पार्टीको आन्तरिक विवाद, पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका कामकारबाहीको विषयमा असन्तुष्ट नेताहरुले पटकपटक बैठक राख्न आग्रह गर्दा पनि सहमति जुट्न सकेको थिएन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्