नेकपा सचेतक गुरुङले जितिन् कोरोना

gayetri gurung
लाेकपाटी न्यूज

काठमाडौं। गण्डकी प्रदेशसभा नेकपा संसदीय दलका सचेतक गायत्री गुरुङ कोरोना संक्रमणमुक्त भएकी छन्।

गत कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा रहेका सचेतक गुरुङले मंगलबार स्वाब दिएकी थिइन् भने आज रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिइन्।

नेकपा गण्डकी प्रदेश कमिटीको कार्यालय सदस्य समेत रहेकी गुरुङले दृृढ आत्मबल र सकारात्मक सोचाईबाटनै कोरोनालार्ई जित्न सकिने बताइन्।

कोरोनाबाट जोगिने पहिलो उपायनै स्वास्थ्य सजगता रहेको उनले बताइन्। उनले भनिन्, ‛संक्रमणपछि सबैभन्दा ठूलो औषधी भनेकै दृढ आत्मबल हो। कोरोना संक्रमणमुक्त भएकाले अब केहीदिनमै नियमित काममा फर्किने तयारीमा छु।’

सचेतक गुरुङले संक्रमणपछि आइसोलेशनमा रहँदा विभिन्न माध्यमबाट आफूलाई स्वास्थ्यलाभको शुभेच्छा व्यक्त गर्नुहुने सबैप्रति आभार समेत व्यक्त गरिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्