नेपालको ‘नाम परिवर्तन’ गर्ने निर्णय फिर्ता लिन सरकारलाई निर्देशन

Parliament samsad
लाेकपाटी न्यूज

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले नेपालको आधिकारिक नाम फेर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल हटाएर नेपाल मात्रै लेख्ने सरकारको निर्णयलाई कार्यान्वयन नगर्न संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको हो।

समितिको सोमबारको बैठकले नेपालको नाम परिवर्तन गर्ने निर्णय फिर्ता लिन सरकारलाई निर्देशन दिएको छ। परिवर्तन गर्न आवश्यक भए संसदमा ल्याउन पनि निर्देशन दिएको छ।

गत असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले नेपालको आधिकारिक नाम ’संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’बाट ’संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाएर ’नेपाल’ मात्र बनाउने निर्णय गरेको थियो।

सरकारले यो निर्णयलाई लामो समयसम्म गोप्य राखेको थियो। सरकारले संविधानको मर्मविपरीत आधिकारिक नामबाट संघीय लोकतान्त्रिक गणतन्त्र हटाएको भन्दै सार्वजनिक रूपमा विरोध हुँदै आएको छ।

यसैबिच, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको औपचारिक नाम नेपाल भएको र यसलाई पोलिटिकल सिस्टमसँग नजोड्न आग्रह गरेका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले नेपालको औपचारिक नाम नेपाल नै रहेको पटक–पटक दोहो¥याए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्