पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

rishi dhamala
लाेकपाटी न्यूज

काठमाडौं, २३ कार्तिक। पत्रकार ऋषि धमलालाई कोरोना पोजिटिभ देखिएको छ। सामाजिक संजाल फेसबुकमा आज एक स्टाटस लेख्दै उनले आफूलाई कोरोना भएको जानकारी दिएका हुन् ।

रिपोर्टस क्लबका अध्यक्ष समेत रहेका धमलाले कन्ट्याक ट्रेसिङमा परेपछि स्वाब परीक्षण गराएका थिए।

धमलालाई आइतबार कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो। अहिले घरमै आइसोलेसनमा रहेको र आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको धमलाले बताएका छन्।

धमलाले फेसबुकमा लेखेका छन्, ‘आदरणीय सबैमा नमस्कार
कन्ट्याक्ट ट्रेसिङको आधारमा आज गराएको ९कोभिड–१९० स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ। यो बीचमा मसँग प्रत्यक्ष सम्पर्कमा रहनुहुने सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउनु होला । म आजैबाट होम–आईसोलेशनमा बसेको छु। यहाँहरुको माया, सद्भाव, शुभेच्छा र आशिर्वादले कोरोना संक्रमणलाई छिट्टै परास्त गर्ने विश्वास लिएको छु। धन्यवाद।’

Capture

 

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्