परासीमा जेसीज कप फुटसल प्रतियोगिता शुरु

parasi futsal
लाेकपाटी न्यूज

रमेश भुषाल/परासी, २० कात्तिक। रामग्राम जेसीज परासीको आयोजनामा त्रिकोणात्मक जेसीज कप फुटसल प्रतियोगिता बुधबारदेखि परासीमा शुरु भएको छ। रामग्राम जेसीजका पूर्व अध्यक्ष, पूर्व जेसीज सदस्य र वर्तमान पदाधिकारीबीच छुट्टाछुट्टै प्रतिस्पर्धा हुने प्रतियोगीता ३ दिन सम्म चल्ने आयोेजकले जनाएको छ।

प्रतियोगिताको उद्घाटनमा लिटिल एञ्जेल्स मावि परासीकी सञ्चालक एवं रामग्राम महिला जेसीजकी पूर्व अध्यक्ष प्रभिता गुरुवाचार्यको प्रमुख आतिथ्य तथा रामग्राम जेसीजका अध्यक्ष सन्दिप अग्रहरीको अध्यक्षतामा रहेको थियो।

उद्घाटन कार्यक्रममा पूर्व अध्यक्ष धनपद यादव, महासचिव चन्द्रमणि चौधरी, कार्यकारी उपाध्यक्ष सदन पौडेल, कार्यक्रम संयोजक मोहन पौडेल लगायतले बोल्दै खेलकुद र फुटसलको महत्व तथा फाईदाबारे प्रकाश पार्नुभएको थियो।

प्रतियोगितामा उत्कृष्ट हुने समूहलाई शिल्ड,मेडल र प्रमाणापत्र वितरण गरिने साथै उत्कृष्ट गोलकर्ता, उत्कृष्ट खेलाडी, म्यान अफ दी म्याच लगायतलाई पनि पुरस्कार प्रदान गरिने रामग्राम जेसीजले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्