पवनकुमार खड्का बने निमित्त सीईओ

pic
लाेकपाटी न्यूज

काठमाडौं। सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले दिएको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेको छ। कार्यकाल सकिन केही समय मात्र बाँकी रहँदा पाण्डेले राजीनामा दिएका थिए।

सञ्चालक समितिले पाण्डेको राजीनामा स्वीकृत गर्दै पवनकुमार खड्कालाई मंसिर १ देखि लागू हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ। यसअघि उनी कम्पनीमा नायव महाप्रबन्धकको जिम्मेवारीमा थिए।

चार्टर्ड एकाउन्टेन्ट पाण्डेले आफ्नै अडिट फर्म सञ्चालन गर्न राजीनामा दिएको जानकारी दिए। इन्स्योरेन्स कम्पनीबाट बाहिरिएर आफ्नै व्यवसाय गर्ने उनले बताए। पाण्डे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश पाएपछि चार वर्षअघि सूर्या लाइफमा नियुक्त भएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्