पश्चिम नवलपरासीमा ५ लाख ७४ हजार ८ सय बरावरको सामान बरामद

pic
लाेकपाटी न्यूज

रमेश भुसाल/ पश्चिम नवलपरासी, २६ कार्तिक। पश्चिम नवलपरासी प्रहरीले ५ लाख ७४ हजार ८ सय वरावरको भन्सार छलि गरी ल्याएको मालसमान वरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले रामग्राम ४ बाइवापबाट ५१ हजार ६ सय ६० मुल्य वरावरको सेन्डे भेष्ट, टाउजर लगाएतका समान वरामद गरेको हो।

त्यस्तै सिमा प्रहरी चौकि महेशपुरबाट खटिएको प्रहरी टोलिले भारत बाट नेपाल तर्फ भन्सार छलि गरि ल्याएको टावेल, सल, उलन सुट, जेन्स सर्ट,गाडिका विभिन्न पाटपुर्जा, साडि लागाएत लु ३६ प ६४९३ नम्वरको १ सय ५० सिसिको पल्सर मोटरसाइकल, लु २ प ७५३० नम्वरको हिरो होन्डा मोटरसाइकल र युपि ५६ एवि ४५८१ नम्वरको भारतिय प्लाटिना मोटरसाइकल सरावल गाँउपालिका वडा नम्वर ७ बाट बरामद गरको प्रहरीले जनाएको छ।

भन्सार छलि गरि अवैधरुपमा समान ओसारपसारमा संलग्नहरु भने प्रहरीलाई देख्न साथ मोटरसाइकल सहित समान छोडि भागेको र वरामद गरिएका सवै मालसमानहरु आवश्यक कारवाहिका लागी महेशपुर भन्सार कार्यालयमा वुझाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु लामाले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्