पार्टी एकता रक्षाको लागि ओलीसँग फेरि पनि आग्रह गर्छु : प्रचण्ड

Prachanda Photo
लाेकपाटी न्यूज

काठमाडौं, २१ कार्तिक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको रक्षाका लागि अर्का अध्यक्ष केपी शर्मा ओलीसँगै फेरि पनि आग्रह गर्ने बताएका छन्।

प्रचण्डले पार्टी एकताको रक्षाका लागि आफूले पटक-पटक आग्रह गरेको बताउँदै फेरि पनि आग्रह गर्ने बताएका हुन्।

शुक्रबार नेकपा सचिवालयका बहुमत सदस्यको अनौपचारिक छलफलपछि बाहिरिने क्रममा पत्रकारसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

उनले भने, ‘मैले पार्टी एकताको रक्षाका लागि पटक-पटक आग्रह गरेको छु। फेरि पनि आग्रह गर्छु।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्