‘पार्टी विधिसम्मत चल्नुपर्छ, पार्टीभन्दा पद ठूलो कुरा होइन’

Devendra Poudel
लाेकपाटी न्यूज

बागलुङ, १६ कार्तिक। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पार्टी विधिसम्मत तरिकाले चल्नुपर्ने बताएका छन्। पार्टीले निर्माण गरेको विधि, पद्धति र सिद्धान्तमा पार्टी चल्न नसक्दा केही मतभेद देखिएको बताएका हुन्।

बागलुङ क्षेत्र नम्बर २ का अगुवा कार्यकर्ता भेटका क्रममा नेता पौडेलले पार्टी र सरकारलाई जोड्नेदेखि भारतसँगको वार्ता गरि समस्या हल गर्ने कुरामा पार्टी दुई अध्यक्षले तदारुपता देखाउनुपर्ने बताए।

यसअघि स्थायी कमिटीले दिएको प्रतिवेदनअनुसार पार्टी र सरकार चलाउने सहमति भएपनि पछिल्ला दिनहरुमा भएका केही कुराले गर्दा फेरि पार्टीलाई केही संकट परेका नेता पौडेलको भनाइ छ।

पुष्पलाल र मदन भण्डारीलाई स्मरण गर्दै पौडेलले पार्टी भन्दा पद ठूलो कुरा नभएको स्पष्ट पारे। पार्टी निर्माणमा पुराना नेताको योगदानका कारण अहिले दुइतिहाई जनमत प्राप्त भएकोले पदका लागि लुछाचुडी नगरि संविधानमा लेखेको समाजवाद उन्मुख राज्यप्रणालीमा रुपान्तरित हुन यही पार्टीको नेतृत्व आवश्यक रहेको पौडेलले औंल्याए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्