पूर्वमाओवादीका असन्तुष्ट नेताहरुकाे प्रष्ट सन्देश : ‘यसपटक ओलीलाई साथ दिन सक्दैनौं’

PM_KP_OLI
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पूर्व माओवादी खेमाका नेताहरुले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर यसपटक साथ दिन नसक्ने बताएका छन्। यसअघि पूर्व माओवादीका नेताहरु टोपबहादुर रायमाझी, मणि थापा, हरिबोल गजुरेल र लेखराज भट्टलगायतले प्रधानमन्त्री ओलीलाई साथ दिए।

त्यतिबेला उनीहरुले ओलीलाई दुबै पद छाड् भन्नु पार्टी एकताको भावना विपरीत हुने तर्क गरेका थिए। असार तेस्रो साता पार्टीभित्रैबाट अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन दबाब खेपिरहेका बेला ओलीले पूर्वमाओवादी खेमा केही नेताको साथ पाएका थिए।

स्थायी कमिटी बैठक चलिरहेका बेला प्रधानमन्त्री ओलीले १४ असारमा भारतले आफूलाई हटाउन खोजेको र त्यसमा नेपाली नेताहरुले भूमिका खेलेको बताएका थिए। तर यो पटकको विवादमा साथ दिन नसक्ने जवाफ उनीहरुले बताएका छन्।

‘पहिले दुवै पद छोड्नुपर्ने माग अनुचित र एकता विरोधी थियो, त्यसैले तपाईंलाई साथ दियौं। तर यसपटक स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन नहुनुमा दुवै अध्यक्षको समस्या छ’, उनीहरुले उल्टै ओलीको कमजोरी औल्याएका थिए।

स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने आफूहरु सधैं पार्टी एकताको पक्षमा रहेको बताए। ‘प्रधानमन्त्रीले अध्यादेश ल्याउँदा स्थायी कमिटी बैठकको माग ग¥यौं, दुवै पदबाट राजीनामा मागिएपछि त्यसको विपक्षमा उभियौं’ उनले भने।

पछिल्लो विवादको समाधान नेताहरुले आफूतिर फर्केर समीक्षा गर्दा मात्रै हल हुने उनी बताउँछन् । स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन नगर्ने, अनि पार्टी विभाजनको हल्ला गर्ने प्रवृत्तिविरुद्ध आफूहरु उभिएको अर्का एक नेताले बताए। ‘सवै पक्षलाई समावेश गरेर मन्त्रिपरिषद् पुनर्गठन गर्दै सरकारलाई प्रभावकारी बनाउने कामबाट प्रधानमन्त्री चुक्नुभएको छ’ उनले भने, ‘त्यसैले हामी पहिले जस्तो कुनै नेता विशेषलाई साथ दिन सक्दैनौं भन्ने निष्कर्ष निकालेका छौं ।’

यसपटक फेरि पार्टी विभाजनको संघारमा पुगेपछि ओलीले पूर्वमाओवादी खेमाका ती नेताहरु मध्ये केहीलार्ई बालुवाटार बोलाएर छलफल समेत गरेका थिए। तर आफूहरुले यसपटक भने कमजोरी ओलीबाटै भएकोले साथ दिन नसक्ने जवाफ दिएको नेता गजुरेलले बताए। उनले ओलीबाट एकलौटी रुपमा भएको मन्त्रिपरिषद् पुनर्गठन र राजदूत नियुक्तिले सकारात्मक योगदान नदिएकोबारे प्रधानमन्त्री ओलीलाई अवगत गराएको जानकारी दिए।

पार्टीको आन्तरिक शक्ति सन्तुलन बिगार्नुका साथै ओली नेतृत्वको सरकारबाट जनअपेक्षा बमोजिम काम हुन नसकेको जुरेलले बताए। उनले कोरोना संक्रमितको उपचार नगर्ने निर्णय गरेर सरकारले आफूलाई असफलतातिर डो¥याएको बताए। यो निर्णय सच्याउन पनि आफूले प्रधानमन्त्रीलाई आग्रह गरेको नेता गजुरेलले बताए। पार्टीमा संकट गहिरिँदै गएपछि नेकपाको केन्द्रीय सचिवालय बैठक बोलाउन बहुमत सदस्यहरुले गरेको लिखित आग्रह पनि प्रधानमन्त्री ओलीले लत्याएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्