पूर्वसञ्चार सचिव मानन्धरको निधन

jit-bahadur-manandhar
लाेकपाटी न्यूज

काठमाडौं, २५ कात्तिक। पूर्वसञ्चार सचिव जितबहादुर मानन्धरको निधन भएको छ। ८६ वर्षीय मानन्धरको उपचारको क्रममा मंगलबार निधन भएको हो।

पछिल्लो केही दिनयता अस्वस्थ रहेका मानन्धरलाई उपचारका लागि ललितपुरको स्टार अस्पताल भर्ना गरिएको थियो। मानन्धरलाई मधुमेह तथा मिर्गाैला रोगबाट पीडित रहेका थिए।

तत्कालीन राजपरिषद्को सचिवको जिम्मेवारीसमेत सम्हालेका मानन्धरले चार दशक प्रशासनिक सेवामा रहेर काम गरेका थिए।

प्रशासन क्षेत्रमा पु¥याएको योगदानवापत् उहाँलाई विभिन्न सम्मान र पदकबाटसमेत विभूषित गरिएको थियो। मानन्धरको मंगलबारै अन्त्येष्टि गरिने पारिवारले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्