पूर्वी नवलपरासीमा थप ५ कोरोना संक्रमितको मृत्यु

coronadeath
फाइल तस्वीर
लाेकपाटी न्यूज

नवलपरासी, १६ कार्तिक। पूर्वी नवलपरासीमा कोरोना पुष्टि भएका ५ जनाको शनिबार मृत्यु भएको छ। कोभिड–१९ देखिएपछि होम आइसोलेसनमा बसेका २ जना र उपचार गराउँदै गरेका ३ जनाको जिल्लामा एकै दिन मृत्यु भएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका अनुसार मृत्यु हुनेमा कावासोती ६ का ६७ वर्षीय पुरुष तथा गैंडाकोट २ की ७७ वर्षीया महिला रहेका छन्। उनीहरु दुवै जनाको होम आइसोलेसनमा रहेकै बेला मृत्यु भएको हो।

यसै गरी गैंडाकोट–१३ घर भई भरतपुर बस्ने ३८ वर्षीय पुरुषको पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो। विनयी त्रिवेणी १ की ६४ वर्षीया कोरोना संक्रमति महिलाको पनि उपचारकै क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको छ।

चितवन मेडिकल कलेज भरतपुरमै उपचाररत कावासोती ११ का करिब ६२ वर्षका पुरुषको पनि मृत्यु भएको वडाध्यक्ष शारदा अधिकारीले बताइन्। पूर्वी नवलपरासीमा अहिलेसम्म कोरोना पुष्टि भएका २३ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्