पूर्व मन्त्री गौतमको निधनप्रति मन्त्री अर्यालद्वारा शोक व्यक्त

thumb
  • 12
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, २७ कार्तिक । नेपाल सरकारका तत्कालिन भूमि सुधार तथा व्यवस्था मन्त्री तथा संविधानसभा सदस्य भीमप्रसाद गौतमको निधनप्रति बहालवाला भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शोक व्यक्त गरेकी छन्।

मन्त्री अर्यालले आज (बिहीबार) श्रद्धाञ्जली वक्तव्य जारी गर्दै शोक व्यक्त गरेकी हुन्। पूर्व मन्त्री गौतमको बिहीबार बिहान चितवनमा निधन भएको हो।

पहिलो संविधानसभाको कार्यकालमा उनी तत्कालीन माओवादी केन्द्रको तर्फबाट मन्त्री बनेका थिए।

‘मिति २०७७।०७।२७ मा भएको दुखद निधनबाट हामी सबै दुखित भएका छौं। मन्त्रालयमा रहँदा उहाँले गरेको सेवाको संस्मरण गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौं’, मन्त्री अर्यालद्वारा जारी शोक बक्तव्यमा उल्लेख गरिएको छ, ‘साथै यस दुखद घडीमा शो–सन्तप्तं परिवारजनमा धैर्य–धारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछौ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्