पोखरामा कोरोना संक्रमित थप दुईको मृत्यु

corona-death
लाेकपाटी न्यूज

पोखरा, २९ कार्तिक। कोरोना संक्रमित थप दुई जनाको गण्डकी प्रदेशमा मृत्यु भएको छ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ति जारी गरेर दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कास्कीका दुई जनाको मृत्यु भएको हो।

उनीहरू पोखरा महानगरपालिका–२६ की ७२ वर्षीया महिला र वडा नं १८ का ४८ वर्षीय पुरुष रहेका छन्। कात्तिक २८ गते ती महिलामा सङ्क्रमणको पुष्टि भएकोमा त्यसको भोलिपल्ट शनिबार बिहान पौने आठ बजे उपचार क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। ती महिलामा निमोनिया र श्वासप्रश्वास सम्बन्धी समस्या रहेको पनि निर्देशनालयले जनाएको छ।

यस्तै पोखरा–१८ का पुरुषको पनि शनिबार बिहान साढे नौ बजे उपचार क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। कात्तिक २६ गते कोरोना सङ्क्रमणको पुष्टि भएका ती पुरुषमा पनि निमोनिया र श्वासप्रश्वाससम्बन्धी समस्या थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्