प्रचण्डकाे प्रतिवेदनले बुर्जुवा हेडक्वार्टरमाथि बम बर्साएकाे छ : पूर्वमन्त्री श्रीपाली

Daljit Sripali
दलजित श्रीपाली

अध्यक्ष क.प्रचण्डले नेकपाकाे सचिवालय बैठक-बालुवाटारमा पेश गरेकाे राजनैतिक प्रतिवेदनले -“बालुवाटार केन्द्र”मा बमबार भएकाे छ। नयाँ परिस्थितिकाे श्रृजना हुनुकाे साथै नयाँ बहसकाे थालनी भएकाे छ।

चरम गुटबन्दी, अराजनीतिक, अपारदर्शी,अनैतिकताकाे राजनीतिमा रमेका शाषकीय चिन्तन,प्रवृत्तिग्रष्ट बालुवाटार केन्द्रमा बर्सेकाे बमले रन्फनिएका झुन्डहरुले अजाकिदै प्रतिवेदन फिर्ता लिनु पर्ने आवाज उठाउनु आफैमा-“अराजनैतिक” हाे ।पार्टीकाे विधि,विधान,पद्धति ,प्रणालीकाे विरुद्ध “बीस वमन”हाे। गैरजिम्मेवारी र घाेर अराजनैतिक अभिव्यक्ति हाे।भित्रीय नेताकाे खराब काम हाे। कम्युनिष्ट राजनैतिक, सिद्धान्त,विधि,विधान, पद्धति, प्रणालीको धज्जी उडाउनु हाे।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)काे पार्टी एकतापछि आजसम्म -बैठक बसाल्दैन,निर्णय मान्दैन भन्ने र सचिवालयलाई “गुट” ,स्थायी कमिटीलाई “हुल्लडबाज” केन्द्रीय कमिटीलाई “सडकछाप” देख्ने “केपी शर्मा ओली” प्रवृत्तिले न समयमा पार्टी एकताका कामहरु सम्पन्न भए,न पार्टीभित्र उत्पन्न अन्तरविराेधहरु समाधान भए, न सरकारका कामहरुले जनताका मन नै जिते, न देशकाे मुहार फेरियाे? सरकारकै कामकाजले पार्टी नै बदनाम, नेता, कार्यकर्ता र समर्थक जनतालाई मुख देखाउनै गाह्राे स्थिति सृजना भयाे। याे भन्दा दु:खद क्षण अरु के हुन सक्छ र ? पार्टी कमिटीलाई दुई बर्षयता काेमामा पुरयाउने काममा सबैभन्दा दाेषी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष क.केपी शर्मा ओली नै देखिनु हुन्छ।

सरकारकाे नेतृत्व गरिरहँदा यति धेरै राष्ट्रघात,जनघात र विश्वासघातका निर्णयहरु भएका छन्। मनाेगतवादी, अराजनीतिक, अपारदर्शी निर्णयहरुले पार्टीलाई बदनाम बनाउने काम गरेकाे छ। वामपंथी आन्दोलनलाई नै सखाप बनाउने षडयन्त्रकासाथ मुख्य नेतृत्व अगाडि बढीरहँदा सच्याउन काेसिस नगर्नेहरुले आज विधि,विधान,पद्धति,प्रणालीको विषय उठाउँदा राेक्ने प्रयास गर्नु विडम्बनापुर्ण कदम हाे। यथास्थितिवादीहरुकाे कुटिल तिकडम हाे।

क.प्रचण्ड ! गणतन्त्र नेपाल र नेकपा एकताका “जननी” हुन् । पार्टीलाई विधि-विधान, पद्धति ,प्रणालीमा संचालन गर्ने नेतृत्व हुन्। नेकपा(माओवादी ) जनयुद्धका नायक हुन, गणतन्त्र ,संघीयता,धर्मनिरपेक्षता,समानुपातिक ,समावेशीता सहित संविधान निर्माणका मुख्य नेता हुन् ।आज देश र जनताकाे भाग्य र भविष्यकाे फैसलाकाे अभिभारा उहाँकै काँधमा छ।

क.प्रचण्डकाे माैनतालाई कमजाेर ठान्ने स्यालहुय्याहरुकाे भुकाईले क.प्रचण्ड डगमगाउनु हुन्न कहिल्यै। क्रान्तिनायक, राष्ट्रनायक क.प्रचण्डप्रति जनताकाे आशा,भराेसा र विश्वास छ। सत्ता,शक्तिकाे भरमा कमिटीमा दादागिरी जमाउन खाेज्नु केवल मुर्खता मात्रै हाे। पार्टीमा उत्पन्न अन्तरविरोधकाे समाधान -“एकता,संघर्ष, रुपान्तरण”काे विधीबाट हल गर्न सकिन्छ । पार्टी एकता आजकाे आवश्यकता हाे- क.प्रचण्डबाट मात्र याे संभव छ। क.प्रचण्डलाई देश र जनताकाे माया छ, क.प्रचण्डकै हातमा-देश र जनताकाे भाग्य र भविष्य छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्