प्रचण्डको प्रतिवेदन बैठकबाट पारित हुन्छ : भीम रावल

Bhim-Rawal
  • 1.5K
    Shares
लोकपाटी न्यूज

काठमाडौं, ६ मंसिर। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री डा. भीमबहादुर रावलले पार्टी फुटाउनु भनेको आम कार्यकर्ता र जनताप्रति गद्दारी हुने भन्दै नेतृत्वलाई जिम्मेवार भएर एकताको लागि पहल गर्न आग्रह गरेका छन्।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकम दाहालले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनुपर्ने र पार्टी कमिटीका बैठकले गर्ने निर्णय सबैले मान्नुपर्नेमा रावलको जोड छ।

हिजो राति प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। पार्टीभित्रका बैठकमा नेताहरुले आफ्नो धारणा राख्न पाउने भन्दै नेकपा कसैको निजी पार्टी नभएको उनले स्पष्ट पारे।

डा. रावलले प्रचण्डको राजनीतिक प्रतिवेदन आम कार्यकर्ता र जनताको भावनाबमोजिम नै आएको पनि स्पष्ट पारेका छन्। उनले नेकपा विधिबाट चल्ने कम्युनिस्ट पार्टी भएकाले कसैको मनपरि नचल्ने पनि प्रष्ट्याए।