प्रचण्डलाई पठाएको पत्रमा ओलीले के लेखेका थिए ? (पूर्णपाठ)

Oli_Prachanda
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको गुटबन्दीको दोष कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएका छन्। कात्तिक २२ गते प्रचण्डसहित सचिवालयका ५ नेताले बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीलाई बैठक माग गर्दै दुईपृष्ठको पत्र बुझाएका थिए। सोही पत्रको जवाफमा ओलीले २५ गते प्रचण्डलाई पत्र लेखेका थिए।

‘प्रचण्डलाई सम्बोधन गरिएको पत्रमा गुटबन्दी तपाईंले नै गरेको हो भन्ने लामो व्यहोरा छ। मैले पार्टी बैठक राख्दिनँ भनेर कहिले पनि भनेको छैन,’ प्रधानमन्त्रीको पत्रबारे स्रोतले सेतोपाटीसँग भन्यो,’पत्रमा प्रचण्डलाई गुटबन्दी छोडेर पार्टी, देश र जनताको हितमा काम गर्न आउन आग्रह गरिएको छ। ८ पेज लामो पत्र भए पनि सारमा गुटबन्दीको आरोप प्रचण्डलाई लगाएकोबाहेक केही छैन।’

पत्रमा प्रधानमन्त्रीको आक्रोश प्रचण्डमाथि नै धेरै देखिएको छ। दुई अध्यक्षबीचमा हुँदै नभएको कुरालाई बाहिर सार्वजनिक गरेको समेत प्रधानमन्त्री ओलीले आरोप लगाएका छन्। मन्त्रिपरिषद् पुनर्गठन लगायतका काम सहमतिमै भएको तर निश्चित शीर्ष नेताहरुको अतृप्त आंकाक्षाका कारण बलजफ्ती पार्टीमा विवाद सिर्जना गरिएको ओलीको दाबी छ। नेताहरुलाई उनको प्रश्न छ, सरकार परिर्वतनको दौडधूप किन ?’

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्