प्रचण्डले ओलीबारे आरोप होइन, तथ्य कुरा लेखेका छन् : गगन थापा

Gagan Thapa
लोकपाटी न्यूज

काठमाडौं, ३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता, सांसद तथा पूर्वमन्त्री गगन कुमार थापाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएका आरोप नौला नभएको र गलत पनि नभएको टिप्पणी गरेका छन्।

नेता थापाले आज नेकपाको घरझगडा, राष्टिय राजनीति र सरकार सञ्चालन शीर्षकमा आज आफ्नो धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै यस्तो बताएका हुन्। थापाले लेखेका छन्, ”पुष्पकमल दाहालले खड्गप्रसाद ओलीमाथि लगाएका आरोपहरुमा नौला विषय छैनन् र गलत पनि होइन, संसद, सडक र सबैतिरबाट प्रधानमन्त्री ओलीविरुद्ध उठ्दै र लाग्दै गरेका आरोप हुन्। तर पनि यो प्रकरण विशेष छ।’’

थापाले थपेका छन्, ‘‘केही दिनअघि नेकपाका अध्यक्ष प्रचण्डले नेकपा सचिवालय बैठकमा लिखित प्रस्ताव प्रस्तुत गर्दै अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संगीन आरोप लगाउनुभएको विषय सार्वजनिक भइसकेको छ। मूलतः प्रचण्डको प्रस्तावभित्रको सरकार सञ्चालनमा अनुत्तरदायी व्यवहार अन्तर्गत समावेश भएका आरोपका बुँदाहरु नेकपाभित्रको आन्तरिक विषय मात्र नभएर आम सरोकारका विषय हुन्।

गत कार्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले नेकपा नेतृत्वको सरकार जनताको सरकार हुनुपर्नेमा दलालहरुको पक्षपोषक देखिएको भन्दै १९ पेज लामो राजनीतिक प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्तावपछि नेकपाभित्र मात्र नभएर देशभरि नै प्रचण्डको पक्षमा जनमत देखिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्