प्रचण्डले पेश गरेको प्रतिवेदन हाम्राे साझा प्रस्ताव हाे : झलनाथ खनाल

Jhalanath_Khanal
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन बहुमत सचिवालय सदस्यहरूको साझा र सामूहिक दस्तावेज भएको बताएका छन्।

अध्यक्षले प्रचण्डले एकतर्फी प्रस्ताव पेस गरेको र राजनीतिक दस्तावेजका नाममा अभियोग पत्र नै प्रस्तुत गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली पक्ष आक्रोशित बनेको छ। ओली पक्षले त राजनीतिक प्रस्तावलाई फुटको आधारसमेतको संज्ञा दिएको छ।

तर, वरिष्ठ नेता झलनाथ खनालले राजनीतिक प्रस्ताव र त्यसका अन्तरवस्तु जायज भएको बताएका छन्।

नेता खनालले प्रचण्डसहित पाँचजना नेताले सहमति गरेर सामूहिक रूपले अगाडि सारेको प्रस्ताव भएको बताएका छन्।

अहिलेको सङ्कट कसरी समाधान हुन्छ भनेर मार्गप्रशस्त गर्ने काम पनि ओलीले नै गर्नुपर्ने खनालको भनाइ छ। नेकपा सचिवालयको बैठक मङ्सिर ३ गतेलाई डाकिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्