प्रचण्डले पेश गरे राजनीतिक प्रतिवेदन

prachanda
लाेकपाटी न्यूज

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीको संकटबारे राजनीतिक प्रतिवेदन तयार पारेका छन्।

बैठक बोलाउन सहमति दिन माग गर्दै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेश गरेको पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको पत्र र त्यसको प्रतिउत्तरमा प्रचण्डले ओलीलाई लेखेको पत्र समेत नेताहरुलाई दिइएको छ।

शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डको प्रस्ताव सबै सदस्यलाई दिइएको छ। अर्को बैठक मंसिर ३ गते बस्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्