प्रचण्ड पदलाेलुप हाेइनन्, उनले प्रधानमन्त्रीकाे अफर छाेडेर एकता गरेका हुन् : विष्णु रिजाल

Bishnu_Rijal
लाेकपाटी न्यूज

काठमाडौं। नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले नेकपा अध्यक्ष प्रचण्डलाई पदलोलुप भनेको नसुहाउने बताएका छन्।

अरु तर्क गर्न सकिएला भन्दै नेता रिजालले सामाजिक सञ्जाल फेसबुकमा शनिबार एक स्टाट्स लेख्दै प्रचण्डलाई ’पदलोलुप’ भनेको नसुहाउने बताएका हुन्।

कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गर्दा स्वीकार नगरेर पार्टी एकता अघि बढाउने र आधा कार्यकालको लिखित सहमतिलाई बीचैमा छाडिदिने व्यक्तिलाई पदलोलुप कसरी भन्न मिल्ला र ? भन्दै नेता रिजालले प्रश्न समेत गरेका छन्।

उनले लेखेका छन्, ‘प्रचण्डले साथ नदिएको न विद्या भण्डारी राष्ट्रपति हुनुहुन्थ्यो, न केपी ओली प्रधानमन्त्री। यति नभइसकेपछि अरु साथीहरुले रोजी–खोजी विभिन्न पद पाउने त सम्भावनै हुन्थेन। जसको सहयोगमा आफू पदमा बसिरहेको छ, उसैलाई ’पदलोलुप’को आरोप लगाउँदा लोकले पत्याउला र ?’

bishnu