प्रधानमन्त्री ओलीको ट्विटर ह्यान्डल उनकै सल्लाहकारले गरे दुरुपयोग

PM_KP_OLI
लाेकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष  केपी शर्मा ओलीको ट्विटर उनकै सल्लाहकार सूर्य थापाले दुरुपयोग गरेका छन्। प्रधानमन्त्री ओलीले व्यक्तिगत रुपमा प्रयोग गर्दै आएको @kpsharmaoli ट्विटर ह्यान्डलमा प्रेस सल्लाहकार सूर्य थापाले असान्दर्भिक पोष्ट गरेका छन्।

उनले पत्रकार मात्रिका पौडेलसँग भेट भएको फोटो सार्वजनिक गर्दै नयाँ व्यवसायका लागि शुभकामना दिएका हुन्। ओलीको ट्वीटर ह्यान्डलमा भर्खरै कोरोना जितेको भन्दै खुशीसमेत व्यक्त गरिएको छ।

उक्त ट्वीटमा लेखिएको छ, ‘नयाँ व्यावसायिक यात्रामा अघि बढ्न मातृका पौडेलजीलाई सफलताको अग्रिम शुभकामना। हामी दुवैले कोरोना संक्रमण जितेपछिको पहिलो भेटमा उहाँले खुशी हुने योजना सुनाउनु हुँदा दुवैजना दंग…’

यसअघि पनि प्रधानमन्त्री ओलीको ट्विटर ह्यान्डल दुरुपयोग भएको प्रधानमन्त्री कार्यालयले जनाएको थियो। यस विषयमा भने प्रधानमन्त्री कार्यालयले कुनै प्रतिक्रिया जनाएको छैन। ट्विटलाई तुरुन्तै हटाइएको छ।

oli-twitteer

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्