प्रधानमन्त्री ओलीले दिए अमेरिकी नवनिर्वाचित राष्ट्रपति बाइडेललाई बधाई

PM_KP_OLI
लाेकपाटी न्यूज

काठमाडौं, २३ कार्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित अमेरिकाको राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री ओलीले बाइडेन र कमलालाई प्रभावकारी र ऐतिहासिक जितका लागि बधाई दिँदै अमेरिकाको नयाँ नेतृत्वसँग नजिक रहेर काम गर्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले भनेका छन्,‘शानदार जितको लागि तपाईंहरुलाई बधाई छ। दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप मजबुत बनाउन अमेरिकी नयाँ नेतृत्वसँग मिलेर काम गर्ने अवसर प्राप्त भएको छ।’

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक पार्टीको तर्फबाट बाइडेन अमेरिकी राष्ट्रपतिमा विजयी भएका छन्।यस्तै ह्यारिस पहिलो महिला उपराष्ट्रपति चुनिएकी छन्।