प्रधानमन्त्री ओलीले सारे मन्त्रिपरिषद बैठकको समय

PM_KP_OLI
लाेकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक एक घण्टा पछि सारेका छन्।बुधबार दिउँसो १ बजेका लागि बोलाएको मन्त्रिपरिषद बैठक एक घण्टा पछि सारेका हुन्।

पार्टी भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष समेत रहेका ओलीले सचिवालय बैठकको समयसँग जुधाएर मन्त्रिपरिषदको बैठक बोलाएका थिए।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले तोकिएकै समय दिउँसो १ बजे बालुवाटारमै सचिवालय बैठक गर्ने बताए पछि ओलीले मन्त्री परिषद बैठक दिउँसो २ बजेका लागि सारेका हुन् ।

यसअघि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको सचिवालय बैठक नरोकिने जानकारी दिएका थिए।

उनले पूर्वनिर्धारित कार्यक्रम अनुसार दिउँसो १ बजे बालुवाटारमा बैठक बस्ने बताएका हुन्। ‘हामो पार्टीको केन्द्रीय सचिवालयको बैठक पूर्व निर्धारित कार्यकम अनुसार आज अपरान्ह १ बजे बालुवाटारमा बस्दैछ’, प्रवक्ता श्रेष्ठले भनेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्