प्रधानमन्त्री ओली फेरि शीतल निवास पुगे

PM_KP_OLI
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बिहान शीतल निवास पुगेका छन्। नेकपा सचिवालय बैठक बस्नु केही समयअघि प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन्।

प्रधानमन्त्रीले मंगलबार साँझ पनि राष्ट्रपतिलाई भेटेका थिए। दिउँसो बस्ने नेकपा सचिवालय बैठकको सन्दर्भमा प्रधानमन्त्रीको शीतल निवास दौडलाई अर्थपूर्ण रुपमा हेरिँदैछ।

उनले आजै बस्ने नेकपाको सचिवालय बैठकसँग समय जुधाएर मन्त्रिपरिषदको बैठक डाकेका थिए। तर अन्तनः बैठक एक घण्टा पछि सारेका छन्। प्रधानमन्त्री ओलीले आजको सचिवालय बैठक सार्न चाहेका थिए।

सम्भावित नेकपा संकट टार्न राष्ट्रपतिले निरन्तर राजनीतिक भेटघाट जारी राखेकी छन्। उनले मंगलबार नै नेकपा अध्यक्ष प्रचण्डसँग भेट गरेकी थिइन्। प्रचण्डसँगको भेटमा राष्ट्रपति भण्डारीले सचिवालय बैठक सारेर सहमतिको प्रयास गर्न सुझाव दिएकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्