प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवाणेबीच भेट

लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुवैतर्फका अन्य प्रतिनिधि पनि सहभागी थिए।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरे। उनले नेपाल र भारतका बीचमा सदिऔं पुरानो विशिष्ठ सम्बन्ध रहेको बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

यसअघि हिजो (बिहीबार) नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ सेनापतिको दर्ज्यानी चिह्‌न लगाएका थिए। नेपाल-भारत दुवै मुलुकका सेना प्रमुखलाई एक-अर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने चलन छ। जसअनुसार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दर्ज्यानी चिह्‍न लगाइसकेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्