प्रधानमन्त्री निवास बालुवाटारमा बन्यो हेलिप्याड

Heli_Pad
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड तयार भएको छ। प्रधानमन्त्री निवास बालुवाटारबाटै उडान भर्न र अवतरण गर्न सरकारले हेलिप्याड तयार पारेको हो। यससँगै प्रधानमन्त्री अब एयरपोर्ट जाँदा-आउँदा ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नु नपर्ने भएको छ।

नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण कार्य सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओली बुधबार संखुवासभा जाँदा बालुवाटारमा नवनिर्मित हेलिप्याडबाट पहिलो उडान गरिएको थापाले जानकारी दिएका छन्।

साँझ निवास फर्किँदा पनि बालुवाटारकै हेलिप्याडमै अवतरण गरिएको उनले बताए। हेलिप्याड निर्माणले अब बालुवाटारबाट एयरपोर्ट जान-आउन लाग्ने समय बचत हुने उनको भनाइ छ।

‘प्रधानमन्त्रीज्यू नेपाली सेनाको हेलिकप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा हिजो २०७७ साल कात्तिक २६ गते नवनिर्मित हेलिप्याडबाट नै पहिलो उडान गरिएको थियो’, फेसबुकमार्फत् थापाले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्