प्रस्तावित राजदूतहरु सर्वसम्मतिबाट अनुमोदित

pic
लाेकपाटी न्यूज

काठमाडौं। संसदको सुनुवाई समितिबाट विभिन्न देशका लागि प्रस्तावित राजदूतहरु अनुमोदित भएका छन्। बिहीबार बसेको समितिको बैठकले राजदूतहरुमाथि सुनुवाइ गरेको थियो।

संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिका लागि नेपाली राजदूतको पदमा नियुक्तिका लागि क्रमशः डा. युवराज खतिवडा, लोकदर्शन रेमी तथा डा. निर्मलकुमार विश्वकर्मालाई प्रस्ताव गरिएको थियो।

’सुनुवाइ समितिको कार्यविधि, २०७५ बमोजिम डा. युवराज खतिवडा, श्री लोकदर्शन रेग्मी तथा डा. निर्मलकुमार विश्वकर्माको सुनुवाई गर्दा प्रस्तावित व्यक्तिहरुको योग्यता, क्षमता र अनुभवको आधारमा उक्त पदका लागि योग्य देखिनुभएको हुँदा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन) नियमावली, २०७४ को नियम २६ को उपनियम (५) बमोजिम डा युवराज खतिवडा, श्री लोकदर्शन रेग्मी तथा डा निर्मलकुमार विश्वकर्माको नाम सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय गरियो’,सुनुवाइ समितिको निर्णयमा उल्लेख छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्