प्राचिन नगर ककरपत्ता धार्मिक पर्यटकिय रुपमा विकास हुँदै

pic 5
लाेकपाटी न्यूज

रमेश भुसाल/ पश्चिम नवलपरासी, २० कार्तिक। भगवान गौतम वुद्धको गृहस्तहरुका लागि अति महत्वपूर्ण धर्मोपदेश गरेको स्थान साथै लोपउन्मुख वनस्पति कोलवृछ रहेको पश्चिम नवलपरासीको सरावल गाउँपालीका वडा नम्वर २ प्रचिन नगर ककरपत्ता (जावा) धार्मिक पर्यटकिय रुपमा विकास हुँदै गएको छ।

प्रचिन कोलिय गणराज्यको महत्वपूर्ण प्राचिन नगर ककरपत्त (जावा) लाई सरावल गाउँपालिकाले पनि विकास र संरक्षण गर्ने उद्देश्यका साथ योजना अगाडि बढाएकोे जनाएको छ।  पालिकाले केहि समय अगाडि प्राचिन नगर ककरपत्ता (जावा) भनेर घोषणानै गरेको थियो। धार्मिक ऐतिहासिक र पुरात्विक महत्व बोकेको ठाँउहरुमा विकास र संरक्षण गर्ने, लोप उन्मुख अवस्थामा रहेको कोलवृछ साथै प्रचिन नगर ककरपत्ताको संरक्षण र विकास गर्ने भन्दै अहिले सम्म १ करोड भन्दा वढि रकम संरक्षण र विकासमा खर्चभएको सरावल गाँउपालिकाका अध्यक्ष राधेश्याम चौधरीको भनाई छ।

धार्मिक ऐतिहासिक पर्यटकिय रुपमा विकास गर्ने उदेश्यका साथ प्रचिन ककरपत्ता नगर क्षेत्रमा अहिले कोलवृद्धको गणना, पोखरीमा चराहरुको गणना र उत्खननको काम जारी भएको साथै स्वागत द्धार लागाएत भौतिक संरचनाको निर्माण, बाटो निर्माण र होम स्टेको काम समेतलाई तिव्रताका साथ अगाडि बढाइएको गाँउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत वुद्धप्रकाश पौडेलले जनकारी दिए।

धार्मिक, ऐतिहासिक, पुरातात्तिक साथै पर्यटकिय रुपमा विकास हुँदै गएको यस ठाँउको प्राचिन कालदेखि नै महत्व रहेको जानकारहरु बताउने गर्दछन्। प्राचिन कालमा वनारसको राजा राम र शाक्य राजकन्या सुप्रिया दुवै जना लाई कुष्ठ रोग लाग्दा यसै ठाँउमा आई कोल वृक्षको फेदमा सुत्ने, कोलवृछको फल खाने साथै पात र बोक्राको लेप लागएर कुष्ठ रोग सञ्चो बनाएको र यसै क्षेत्रमा विवाहा गरेको समेत पौराणिक ग्रन्थमा उल्लेख रहेको भन्दै कोलवृछको विशेष महत्व रहेको स्थानिय समाजसेवि साथै कोल वृछ पर्यटन विकास संस्थाका सल्लाहकार देवेन्द्र चौधरीले बताए।

कोलवृछको वगैचा रहेको यस ठाँउ देखि करिव एक सय मिटर दक्षिण कमल पोखरी रहेको छ। जहाँ सेतो कमल भरिभराउ देख्न सकिन्छ। उक्त पोखरीमा विभिन्न जातका चारहरुले विहार समेत गर्ने गर्दछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्