बलिउड अभिनेता अमिताभ बच्चनविरुद्ध मुद्दा दर्ता

लाेकपाटी न्यूज

मुम्बइ। बलिउड अभिनेता अमिताभ बच्चनविरुद्ध मुद्दा दर्ता भएको छ। अमिताभ बच्चनले संचालन गर्दै आएको टेलिभिजन शो कौन बनेगा करोडपतिका कारण अमिताभसहित केबीसीको निर्माण टिमविरुद्ध मुद्दा दर्ता भएको हो। लखनउमा दर्ता भएको केसमा अमिताभ र केबीसीका निर्माताविरुद्ध हिन्दुहरुको भावनामा ठेस पुर्याएको आरोप लगाइएको छ।

बिहीबार राती प्रशारण भएको कर्मवीर विशेष भागमा अमिताभ बच्चनले सोधेका थिए ‘२५ डिसेम्बर १९२७ मा डा. भीमराव अम्बेडकर र उनका अनुयायीहरुले कुन धर्मग्रन्थको प्रति जलाएका थिए ?’ यसको जवाफको लागि ४ विकल्पहरु विष्णु पुराण, भागवत गीता, ऋग्वेद र मनुस्मृति थिए।

यो प्रश्नको जवाफका विकल्पहरुमा सबै हिन्दू धर्मग्रन्ध मात्र भएपछि अमिताभ बच्चन विवादमा परेका हुन्। हिन्दू धर्मका मात्र ग्रन्थको विकल्प दिएर हिन्दूहरुको भावनामा चोट पुर्याएको आरोपसहित उजुरी दर्ता भएको हो। सबै हिन्दू धर्मका ग्रन्थहरुको मात्रै विकल्प दिइएपछि सामाजिक संजालमा पनि अमिताभको आलोचना भइरहेको छ। सामाजिक संजालमा ‘के अमिताभले भागवत गीता र ऋग्वेदको स्थानमा बाइबल र कुरान राख्ने सक्थे ?’ भनेर प्रश्न उठाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्