बाइडेनले राष्ट्रपतिमा निर्वाचित हुनअघि नै सुरु गरे वेब साइट

Biden
लाेकपाटी न्यूज

एजेन्सी। अमेरिकी राष्ट्रपति निर्वाचनको विभिन्न राज्यमा मतगणना जारी छ। महामारी, आर्थिक मन्दी, जलवायु परिवर्तनदेखि, नश्लीय विभेदजस्ता संकटबाट देश गुज्रिरहेको छ।

संक्रमणकालीन टिमले तीब्र गतिका साथ तयारी गर्नुपर्नेछ ताकी बाइडेन–ह्यासिर प्रशासनले मैदानमा उत्रिएको पहिलो दिनबाटै प्रभाव छाड्न सकोस्।’

राष्ट्रपतिको निर्वाचित हुने भन्ने निर्क्योल अहिले भएपनि औपचारिकता दिन केही समय लाग्छ। नयाँ राष्ट्रपतिले आगामी जनवरीबाट मात्रै सत्ता सम्हाल्ने मौका पाउँछन्। बाइडेनलाई राष्ट्रपतिमा निर्वाचित हुन ६ इलेक्टोरल कलेज भोट आवश्यक छ। ५ राज्यको अन्तिम मतपरिणाम आउन बाँकी छ।

तर निर्वाचनको परिणाम आउनु अगाडिनै डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले वेब साइट सुरु गरेका छन्। उनले बिल्ड ब्याक बेटर नामको वेबसाइट सुरु गरेका हुन्।

’बाइडेन-ह्यासिर ट्रान्जिसन’ शीर्षक राखेर त्यहाँ बाइडेनले आफ्ना केही भनाइ राखेका छन्। त्यहाँ यस्तो लेखिएको छ। ’सबै अमेरिकी जनताले फैसला गर्नेछन् की राष्ट्रपतिको रुसमा संयुक्त राज्य अमेरिकाको सेवा कसले गर्नेछ ?

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्