बागलुङमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

coronadeath
फाइल तस्वीर
लाेकपाटी न्यूज

बागलुङ, १८ कार्तिक। बागलुङमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। धौलागिरी अस्पतालमा उपचार गराइरहेका बागलुङ नगरपालिका ३ का ६६ वर्षीय एक पुरुषको मंगलबार बिहान मृत्यु भएको हो।

तीन दिनदेखि उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। कोरोनासँग मिल्ने लक्षण देखिएपछि उनलाई कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो।

उपचारकै क्रममा उनको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको थियो। मृतकको मुटु र फोक्सोको समस्या समेत भएकोले उपचार जटिल बनेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्