बाजुरामा पहिलो पटक सिताके च्याउ उत्पादन

Capture
लाेकपाटी न्यूज

राजेन्द्र बिक/ बाजुरा, २५ कार्तिक। बाजुराको बडिमालिका नगरपालिका वडा न.३ रजालीका कृषक राम वहादुर खड्काले जिल्लामै पहिलो पटक सिते च्याउ उत्पादन गरेका छन्।

कृषक खड्काले कृषि बिकास निर्देशनालय दिपायलको अनुदान तथा कृषि ज्ञान केन्द्र बाजुराको प्राविधिक सहयोगमा बाजुरामा पहिलो पटक सिताके च्याउ उत्पादन गरेका हुन्।

खड्काले करिब १ लाख पचास हजारको लगानीमा एक सय वटा काठको मुढामा सिताके च्याउको खेती गरेका छन्। खेती गरेको करिब ९ महिनापछि सिताके च्याउ फल्न शुरू भएको कृषक खड्काले जानकारी दिए।

सिताके च्याउ पौष्टिक तथा औषधीका लागि महत्व धेरै भएकोले महङ्गो मुल्यमा विक्रि बितरण हुने ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीन प्रसाद जैशिले बताए। यो च्याउ धेरै उपभोक्ताको रोजाईमा पर्ने गरेको उनले बताए।

 

pic

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्