बादललाई उपप्रधानमन्त्री बनाउन चाहन्थे, ओलीले मानेनन् : प्रचण्ड

Prachanda Photo
  • 4.4K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई आफूले उपप्रधानमन्त्री बनाउन चाहेको बताएका छन्।

अध्यक्ष प्रचण्डले गृहमन्त्री थापालाई आफूले उपप्रधानमन्त्री बनाउन प्रस्ताव गरेको समेत बताएका छन्। तर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रस्ताव अस्विकार गरेको उनको भनाई छ।

शुक्रवार अर्का अध्यक्ष एवं केपी शर्मा ओलीलाई लेखेको पत्रमा प्रचण्डले भनेका छन्, ‘म तपाईंलाई गम्भीरतापूर्वक चुनौती दिन चाहन्छु, मैले कहाँ र कहिले मन्त्रिमण्डलको पुनर्गठनको सन्दर्भमा कमरेड ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाको निरन्तरतामा असहमति जनाएँ ?’

यसअघि प्रचण्डले थापालाई गृहमन्त्रीबाट हटाउन ओलीलाई दवाव दिएको बाहिर प्रचार भएको थियो। ‘अति गर्नु, अतिचार नगर्नु भन्छन्, यो देख्दा त मलाई पनि भन्न मन लागेको छ ‘इनफ इज इनफ’।’ प्रचण्डले पत्रमा भनेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्