बालुवाटारमा ओली र नेपालसहित ६ नेताको बैठक जारी

KP Oli-Madhav Nepal
फाइल तस्बिर
लाेकपाटी न्यूज

काठमाडौं। अहिले बालुवाटारमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहित ६ नेताहरुको अनौपचारिक बैठक चलिरहेको छ। नेकपा सचिवालय बैठक सकिएपनि अहिले ओलीसहित ६ नेताहरुको अनौपचारिक बैठक जारी छ।

बैठकमा ओलीसहित बरिष्ठ नेता माधव नेपाल, महासचिव विष्णु पौडेल, नेताहरु वामदेव गौतम, ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ बैठकमा सहभागी छन्।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सचिवालय बैठक सकिएलगत्तै बाहिरिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्