बालुवाटारमा के पाक्दैछ खिचडी ?

KP-Sharma-Oli
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपाका महासचिव विष्णु पौडेलले आइतबार दिउँसो समाजिक सञ्जालमा पार्टी फुटको संघारमा पुगेको आशयसहितको स्टास लेखे। त्यसयता राजनीतिक वृत एकाएक तातेको छ। महासचिव पौडेलले स्वयंले पनि नेतृत्व तहमा उत्पन्न अन्तर्विरोधले पार्टी एकता गम्भीर संकटमा परेको उल्लेख गरेका छन्। उनले एकताको रक्षाका लागि योगदान गर्न पनि पार्टी नेता कार्यकर्तालाई आग्रह गरेका थिए।

सन्दर्भ थियो प्रधानमन्त्री केपी ओलीले शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अलग पार्टी बनाएर जान गरेको प्रस्ताव। पौडेलले उक्त स्टाटस लेखेको केही समयमा सो प्रस्तावको रहस्य बाहिरियो। प्रचण्डले शनिबार दुई अध्यक्षको संवादले मात्र समस्याको निकास नआउने भन्दै सचिवालय बैठक बोलाउन र त्यही छलफल गर्न प्रस्ताव गरेका थिए। त्यसलगत्तै अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका ओलीले आफू निकटका हार्डकोर नेताहरुलाई बालुवाटार डाकेर अब पार्टी फुटबाट जोगिन नसक्ने भन्दै तयार रहन संकेत गरेका थिए।

आइतबार पनि बालुवाटारमा ओली समूहको बैठक बसेको थियो। जसमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी समिति सदस्य शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री तथा स्थायी समिति सदस्य पृथ्वी सुब्वा गुरुङ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार समेत रहेका विष्णु रिमाल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतको उपस्थिति थियो। उक्त गोप्य भेटघाट र छलफलमा ओली पक्षले पूर्व माओवादी पक्षका केही नेताहरुलाई समेत राखेर कित्ता क्लियर गर्न भनेको थियो।

‘आइतबार बिहान पनि प्रधानमन्त्री ओली निकट प्रायः सबै नेताहरु निवास छिर्नु भएको थियो। भित्र के-के कुरा भयो भन्ने त थाहा भएन,’ स्रोतले भन्यो। गएको भदौ २६ को स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन, मन्त्रिपरिषद् हेरफेर, कर्णाली प्रदेशको पार्टी विवाद र भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखको नेपाल भ्रमणले ओली र प्रचण्डबीचको विवाद थप उत्कर्षमा पुगेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्