बिहार विधानसभा निर्वाचन : भाजपा र आरजेडीबीच कडा प्रतिस्पर्धा, कसको मत कति ?

pic
लाेकपाटी न्यूज

एजेन्सी। भारतको बिहार राज्यमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना जारी छ।कोरोना महामारी बीच भारतका तीन चरणमा सम्पन्न चुनावमा ५७ प्रतिशत बढी मत खसेको थियो।

मतगणनामा भारतीय जनता पाटी भाजपा र राष्ट्रिय जनता दल आरजेडीबीच कडा प्रतिस्पर्धा देखिएको छ। निर्वाचन आयोगले २ सय ३६ को रुझान सार्वजनिक गर्दा भाजपा ६६ सीटमा र लालुप्रसाद यादवको आरजेडी ६५ सीटमा अगाडि छ।

यस्तै जनता दल यूनाइटेड ४६ र कांग्रेसले २३ सीटमा अग्रता लिएको छ। विधानसभा चुनावमा वर्तमान मुख्यमन्त्री नितिशकुमार नेतृत्वलाई चुनौती दिन विपक्षी महागठबन्धन चुनावी मैदानमा उत्रिएको हो।

निर्वाचनपछिका सर्भेक्षणहरुले पूर्वमुख्यमन्त्री यादवका छोरा तेजश्वी नेतृत्वको मगठबन्धनले बहुमत ल्याउने प्रक्षेपण गरेका छन्। विहार विधानसभामा कुल २ सय ४३ सीट रहेकोमा सरकार गठनका लागि १ सय २२ सीट ल्याउनु पर्ने प्रावधान छ। विगत १५ वर्षदेखि बिहारको मुख्यमन्त्री रहेका नितिश कुमार लगातार चौथो कार्यकालका लागि चुनावी मैदानमा छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्