बुटवलमा एक कोरोना संक्रमितको मृत्यु

corona-death
लाेकपाटी न्यूज

तिलोत्तमा। रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा गुल्मीको सत्यवती–६ का ६२ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए।

गौतमका अनुसार गत कात्तिक २३ गते पीसीआर पोजिटिभ आई अस्पताल भर्ना भएका उनको बुधबार राति १२ बजेर ४५ मिनेटमा मृत्यु भएको हो। ती व्यक्तिमा निमोनियाको समस्या थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्